विश्वकप छनोटमा कुवेतसँग नेपालको लज्जास्पद हार
विदुर खबर
२०७६ भदौ २० गते १२:०८

नुवाकोट । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह मावी र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।
कुवेतसँगको फराकिलो हारसँगै समूह ‘बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ । अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया