नेपाललाई ७–० गोल अन्तरले हराउँदै भारत च्याम्पियन
नुवाकोट । नेपाललाई पराजित गर्दै आयोजक भारतले पाचौं संस्करणको साफ यू–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
कल्याणीमा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको हो । योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भयो । भारतले भने तेस्रो पटक उपाधि जित्न सफल बन्याे । यसअघि भारत सन् २०१३ र २०१७ मा प्रतियाेगिताकाे उपाधि जितेकाे थियाे । भारतले दुबै पटक उपाधि हात पार्दा नेपाल उपविजेतामै सिमित बन्याे ।
भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक पुरा गरे । यस्तै महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह, हिमांश जंग्राले एक-एक गोल गरे । खेलको १५ औ मिनेटमा महेसनले भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । मनन्दित माकेसले ४१ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारे । इन्जुरी समयमा शिवजितले गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० ले अघि बढाएका थिए । पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा थप ४ गोल गर्न सफल रह्याे । सिद्धार्थले खेलको ५२ मिनेटमा व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरेका थिए । डिबक्स बाहिरबाट प्रहार गरेको बललाई नेपाली गोलकिपरले ठम्याउनै सकेनन् ।
खेलको ६५ मिनेटमा हिमांश जंग्राले पाँचौ गोल गरे । उनले टाईसनको पास सदुपयोग गर्दै गोल गरेका थिए । ७६ मिनेटमा सिद्धार्थले व्यक्तिगत दोस्रो गोल गरे । ८० औ मिनेटमा सिद्वार्थले ह्याट्रिक पुरा गर्दै भारतलाई ७–० को शानदार जित दिलाए ।नेपाल लिग चरणको पहिलो खेलमा समेत भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।रोउण्ड रोविन लिगका आधारमा नेपाल र भारत फाईनल प्रवेश गरेका थिए ।पहिलो पटक साफ यू–१५ को उपाधि जित्ने नेपालको सपना यसपटक समेत सफल हुन सकेन । नेपालको उपाधि यात्रामा पुन भारतनै तगारो बन्न पुग्यो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया