बंगलादेशमाथि नेपालको शानदार जित

विदुर खबर २०७६ भदौ १० गते १९:४९

नुवाकोट । भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ ।

Advertisement

भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिकको विजेता बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए ।

 

Advertisement

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । र, नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ  । जितसँगै नेपालले शीर्ष दुईमा रहदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा झरेको बंगलादेशको पनि ३ खेलबाट ६ अंक रहेको छ ।

 

Advertisement

अब नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको थियो ।प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया