यू–१५ पुरुष साफ च्याम्पियनसिपमा नेपालको पहिलो जित
नुवाकोट, भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ ।
भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । खेलमा नेपाललाई जित दिलाउन शशांक बोहोरा र अशिम राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४६ औं मिनेटमा शशांकले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।
अब नेपालले तेस्रो खेलमा मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया