नुवाकोट जिल्ला लिग : पिपलटार फुटवल क्लव क्वाटरफाईनल प्रवेश
नुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तगत सामेबार भएको खेलमा जित हात पार्दे माझिटारको पिपलटार फुटवल क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा सम्पन्न खेलमा वट्टार युवा क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दे पिपलटार फुटवल क्लब क्वाटरफाईनलमा प्रवेश गरेको हो । पिपलटार फुटवल क्लबलाइ जित दिलाउन जर्सि नम्बर १८ का प्रदिप हमालले ह्याट्रिक गरेको पिपलटार फुटवल क्लवका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । लगातार दोस्रो जित हात पार्दे पिपलटार क्लब क्वाटरफाईनल पुगेको हो । पहिलो खेलमा ज्यु भिजन क्लब रातमाटेसँग २–० गोलको हार व्यहोरेको पिपलटारले दोस्रो खेलमा तादी त्रिशुली युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
समुह ए बाट न्यु भिजन क्लब रातमाटे ९ अंकसहित शीर्ष स्थानमा रहदै अन्तिम आठमा पुगिसकेको छ भने उपविजेताको रुपमा पिपलटार फुटवल क्लबले क्वाटरफाईनलको स्थान पक्का गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया