नुवाकोट क्रिकेट संघको १५ सदस्यीय कार्यसमिति निर्विरोध
नुवाकोट जेठ २५,नुवाकोट क्रिकेट संघको विशेष साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
निर्वाचित कार्यसमितिका उपाध्यक्षमा बिनोद श्रेष्ठ, सचीवमा करण खतिवडा र कोषाध्यक्षमा बिराटमान सिंह डङ्गोल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उपेन्द्र भट्टराई, अनुजमान श्रेष्ठ, प्रज्वल सापकोटा, ओम प्रकाश श्रेष्ठ, बिष्णु प्याकुरेल , रामधन ढकाल, राजेन्द्र पनेरु, पुनम श्रेष्ठ, सुरज सिलवाल, पारस अधिकारी र दिनेश चित्रकार चयन भएका छन् । नेपाल क्रिकेट संघको बिधान २०५५ (संसोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय ‘स्वतन्त्र टोलि’ ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो ।
२० जिल्लाहरुलाइ सदर अर्थात पुरानै निर्वाचनलाई मान्यता दिईएको थियो भने ७ जिल्लाहरुलाइ पुन निर्वाचन गर्न पर्ने तर सदस्यता नयाँ बाड्न नपर्ने, ६ जिल्लाहरुलाइ नयाँ सदस्यता बितरण गर्दै पुन निर्वाचन गर्नपर्ने र नुवाकोट सहित ६ जिल्लाहरुलाई अप्रयाप्त संख्यामा सदस्यहरु भएतापनी एक मौका दिने निर्णय दिएको थियो । सोही निर्देशन अनुरुप नुवाकोट जिल्ला क्रिकेट संघको पुनः निर्वाचन शनिवार भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया