स्मिथको शतक, अस्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो
विदुर खबर
२०७६ जेठ १२ गते २:४३
नुवाकोट जेठ १२, आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअघि भएको वार्मअप खेलमा आयोजक इंग्ल्यान्डमाथि अस्ट्रेलियाले १२ रनको जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ९७ रन जोड्यो। अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले १ सय १६ रनको योगदान दिए। डेभिड वार्नरले ४३ रन बटुले। बलिङमा इंल्यान्डका लियाम प्लुङकेटले ४ विकेट लिए। २ सय २८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३ बल खेल्न बाँकी छदा २ सय ८५ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि जेम्स भिन्सले ६४ रन र कप्तानको भूमिकामा रहेका जेस बटलरले ५२ रन जोडे। बलिङमा अस्ट्रेलियाका बोनरडोफ र रिचार्डसनले २-२ विकेट लिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग
बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने
“हल्ला नगर्नु है” भन्दै भुजेल रास्वपा प्रवेश गरेको पुष्टि





प्रतिक्रिया