को बन्ला एन्फाको वरिष्ठ उपाध्यक्ष ?

विदुर खबर २०७५ माघ ३ गते ३:२०

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ । विभिन्न महत्वपुर्ण एजेन्डामा छलफल र निर्णय गर्न एन्फा कार्यसमिति बैठक बस्न लागेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फाको अस्थायी भवनमा बस्न लागेको कार्यसमिति बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।

Advertisement

बैठकले लामो समयदेखि पछाडी सर्दै आएको एन्फाको वरिष्ठ उपाध्यक्षको छनोट लगायत विभिन्न महत्वपुर्ण एजेण्डामा निर्णय गर्नेछ ।

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ र वीरबहादुर खड्काले दाबी गर्दै आएका छन् । त्यस्तै, उपेन्द्रमान सिंह र कृण्ण थापाले समेत वरिष्ठ उपाध्यक्षमा दाबी छ ।

Advertisement

नेम्वाङले एन्फाको परिवर्तनको नारामा लामो समययता अध्यक्ष कर्माछिरिङ शेर्पालाई साथ दिदै आएका थिए । यता खड्का भने तत्कालिन अध्यक्ष गणेश थापाको समुहबाट बाहिर निस्कदै निर्वाचनको समयमा शेर्पा प्यानलबाट चुनाव लडेका थिए ।

एन्फा निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका कृण्ण थापा र खेलाडी तथा प्रशिक्षकको साथ पाएका उपेन्द्रमान सिंहले समेत वरिष्ठ उपाध्यक्ष आफुले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

Advertisement

एन्फाका प्रवक्ता किरण राईका अनुसार कार्यसमिति बैठकले आगामी साधारण सभाको मितिका बिषयमा निर्णय गर्नेछ ।

यस्तै, एन्फाको आगामी बर्षको बजेट, राष्ट्रिय महिला टिम र यु–१९ टिमको सम्मान, मुख्य प्रशिक्षकको नियुक्ति र चार जिल्ला फुटबल संघको स्पष्टिकरण पत्रका बिषयमा समेत कार्यसमिति बैठकले निर्णय गर्नेछ ।

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्तिका बिषयमा समेत बैठकले निर्णय लिनेछ । स्विडेनका योहान कालिनलाई नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने एन्फाको तयारी छ ।

प्रतिक्रिया