पहिलो एकदिवसीयमा अस्ट्रेलियाद्वारा भारत पराजित
भारत विरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टिम अस्ट्रेलियाल विजयी भएको छ। शनिबार सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई ३४ रनले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको २ सय ८९ को लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन मात्र जोड्यो। भारतका ओपनर रोहित शर्माले शतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। रोहितले १ सय २९ बल खेलेर १ सय ३३ रनको योगदान दिए। उनले १० चौका र ६ छक्का हिर्काए। त्यसअघि भारतले चौथो ओभर चल्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। भारतका शिखर धवन र अम्बाती रायदु खाता नै खोल्न नपाइ आउट हुँदा कप्तान विराट कोहली ३ रनमा आउट भएका थिए। जसले गर्दा भारलते ३.५ ओभरमा ४ रन जोड्दा ३ विकेट गुमाएको थियो।
त्यसपछि मैदान प्रवेश गरेका महेन्द्रसिंह धोनीले रोहितसँग चौथो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेका थिए। धोनी ५१ रन जोडेर आउट भए। बलिङमा अस्ट्रेलियाका जे रिचार्डसनले ४ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८८ रन जोड्यो। अस्ट्रेलियाका उसमान खावाजाले ५९, साउन मार्सले ५४ र पिटर ह्यान्ड्सकमले ७३ रन जोडेका थिए।
जितसँगै ३ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया