नेपाल र युएईबीचको क्रिकेट सिरिज माघ ९ गतेबाट

काठमाडौं । नेपाल र युएईबीचको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज माघ दोस्रो साताबाट सुरु हुने भएको छ ।
युएईको भ्रमणमा रहने नेपाली टोलीले युएईसंग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले युएईसंग समान ३/३ खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
नेपाल र युएईबीचको क्रिकेट सिरिजबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तालिका सार्वजनिक गरेको छैन । तर, आईसीसीको नेपाल प्रतिनिधि तथा क्यानका पुर्व सीईओ भावना घिमिरेले सिरिज आगामी माघ ९ गतेबाट सुरु हुने जानकारी गराईन् ।
घिमिरेका अनुसार सिरिज माघ ९ गतेबाट २१ गतेसम्म हुने गरि तयारी भएको बताईन् ।
‘आईसीसी मिति निश्चित गर्न बाँकी छ तर, जनवरी २३ बाट फेब्रुवरी ४ सम्म गर्ने तयारी भएको छ र यो मिति पक्का जस्तै छ,’ भनिन् । नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने डिपिएल क्रिकेट एक साताको लागि सारिएको छ ।
युएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ – १ को बराबरी भएको थियो ।नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया