देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विदुर खबर २०८३ साउन २७ गते ७:४७

नुवाकोट । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

Advertisement

हाल हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Advertisement

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया