एसिया कप छनोटमा नेपालको पहिलो जित
विदुर खबर
२०७५ भदौ १६ गते ११:३३

मलेसियामा भइरहेको एसिया कप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। ३० ओभरमा घटाइएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गरेको हो।
पहिलो जितपछि नेपालले २ अंक जोडेको छ। सुरुवाती २ खेलमा ओमान र युएईसँग पराजित नेपालको फाइनल पुग्ने सम्भावना भने छँदै छ।
सिंगापुर र हङकङसँग अब नेपालको खेल हुन बाँकी छ।
नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसिया ९ विकेट गुमाएर १६९ रनमा समेटियो।
नेपालका लागि वसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए। वसन्तले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट झारेका थिए। ६ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राखेर २० रन खर्चिए।
दीपेन्द्रले ५४ रनको योगदान गर्दा आरिफले नटआउट ६४ रन बनाए। अनिल शाहले १६, पारस खड्काले १३ र ज्ञानेन्द्र मल्लले ११ रन जोडे। सागर पुन शून्यमै आउट भए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया