रसुवामा गठबन्धन तोडिएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता
विदुर खबर
२०७९ वैशाख १३ गते ९:१०
रसुवा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रसुवा जिल्लाको पाँच वटै गाउँपलिकामा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गर्न दलका नेताहरु विभिन्न झाँकी जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मनोनयनको दोस्रो दिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा, राप्रपा नेपाल लगायत दलका उम्मेदवारकाे मनोनयन दर्ता भएका छन् ।
रसुवामा गठबन्धन तोडिएपछि यी दलहरुले छुट्टाछुट्टै उम्मेदवार दर्ता गराएका हुन् । निर्वाचन कार्यालयमा १८ दल दर्ता भएका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ५६ महिला मतदाता छन् । ३४ मतदानस्थल र ५१ मतदान केन्द्र छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया