कुलमान घिसिङलाई पुन: नियुक्तिको माग गर्दै रसुवामा प्रदर्शन
विदुर खबर
२०७७ असोज २ गते ९:५९
रसुवा । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै रसुवाको बिभिन्न ठाउँमा युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
जिल्ला सदरमुकाम धुन्चे सहित बेत्रावती,कालिकास्थान, स्याफ्रुबेशी लगायतको स्थानमा प्रदर्शन भएको छ । स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । विभिन्न प्ले-कार्ड बोकेका युवाहरूले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै नाराबाजी पनि गरेका थिए ।युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । घिसिङ बुधबार प्राधिकरणबाट बिदाइ भएका थिए।
नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ। तर ऊर्जा मन्त्रालयले भने गत सोमबारको मन्त्रिपरिषद बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै लगेको थिएन।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया