रसुवागढी हाइड्रोपावर ७ करोड रुपैयाँ घाटामा

विदुर खबर २०७७ साउन ३० गते २१:२४

नुवाकोट ।  २०७७ साल असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको रसुवागढी हाइड्रोपावरले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ।

Advertisement

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा हाइड्रोपावरले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो। आयोजना समयमा सम्पन्न गर्न नसक्दा र ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा घटेका कारण हाइड्रोपावरको नाफा घट्न पुगेको हो। गत वर्ष आएको बाढी र पहिरो र कोभिड १९ महामारी जस्ता काबु बाहिरका परिस्थितिहरुले गर्दा आयोजना सम्पन्न हुन नसकेको वित्तीय विवरणमा उल्लेख छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा हाइड्रोपावरको सञ्चालन नोक्सानी ३ करोड ८३ लाख रुपैयाँ छ।

६ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस हाइड्रोपावरको रिडेन्ड अर्निङ्ग १९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ। अघिल्लो आर्थिक वर्ष हाइड्रोपावरको यस्तो अर्निङ्ग १२ करोड ८७ लाख रुपैयाँ ऋणात्मक थियो।

Advertisement

अघिल्लो आर्थिक वर्षको अन्त्यमा ०.७१ रुपैयाँ रहेको हाइड्रोपावरको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्ममा १ रुपैयाँ १२ पैसा ऋणात्मक भएको छ। हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९१ पैसाबाट ९६ रुपैयाँ ७८ पैसामा झरेको छ भने प्रतिशेयर कुल सम्पत्ती १५१ रुपैयाँ २८ पैसाबाट बढेर २०५ रुपैयाँ २४ पैसा कायम भएको छ।

प्रतिक्रिया