रसुवाका बन्दरगाह प्रभावितलाई मुआब्जा वितरण

विदुर खबर २०७६ भदौ ६ गते ९:५४

 रसुवा, गोसाईकुण्ड गाउँपालिका– २ स्थित टिमुरेमा निर्माणाधिन सुख्खा बन्दरगाह प्रभावितलाई मुआब्जा वितरण गरिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रसुवाले बन्दरगाह प्रभावित मुआब्जा पाउन बाँकी रहेका ३ जनाको जग्गा र पाँच जनाको घर गरी ८ जनाको मुआब्जा वितरण गरेका हुन् । उनीहरुलाई मंगलबार २३ लाख ५२ हजार ७१८ रुपैया वितरण गरेको हुन् ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भने, ‘अझै १४ जनाको टहराको रकम निकासा भएको छैन । आउँदो सेप्टेम्बरबाट निर्माण सुरु हुन लागेकोले मुआब्जाको काम चाँडै सिध्याउनु पर्नेछ ।’

चिन सरकारको सहयोगमा चिनिया टोलीले नै निर्माण गर्ने भएकाले बन्दरगाह निर्माणका लागी आवश्यक पर्ने सामाग्री तथा कामदार चीनबाट नै आउने हुदा नेपाली पक्षबाट समन्वय मात्रै हुने बताइएको छ । बन्दरगाह निर्माणको लागी तिब्बेत फुलि कन्ट्रक्सनले जिम्मेवारी पाएको हो । मुआब्जाका लागि बाँकीहरुले निवेदन दर्ता गराइसकेको प्रजिअ भण्डारीले बताए । यसका लागी इन्टर मोडल यातायात विकास समितिमा चिन पठाइ सकिएको बताइएको छ ।

Advertisement

प्रतिक्रिया