रसुवाका बन्दरगाह प्रभावितलाई मुआब्जा वितरण
रसुवा, गोसाईकुण्ड गाउँपालिका– २ स्थित टिमुरेमा निर्माणाधिन सुख्खा बन्दरगाह प्रभावितलाई मुआब्जा वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले बन्दरगाह प्रभावित मुआब्जा पाउन बाँकी रहेका ३ जनाको जग्गा र पाँच जनाको घर गरी ८ जनाको मुआब्जा वितरण गरेका हुन् । उनीहरुलाई मंगलबार २३ लाख ५२ हजार ७१८ रुपैया वितरण गरेको हुन् ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भने, ‘अझै १४ जनाको टहराको रकम निकासा भएको छैन । आउँदो सेप्टेम्बरबाट निर्माण सुरु हुन लागेकोले मुआब्जाको काम चाँडै सिध्याउनु पर्नेछ ।’
चिन सरकारको सहयोगमा चिनिया टोलीले नै निर्माण गर्ने भएकाले बन्दरगाह निर्माणका लागी आवश्यक पर्ने सामाग्री तथा कामदार चीनबाट नै आउने हुदा नेपाली पक्षबाट समन्वय मात्रै हुने बताइएको छ । बन्दरगाह निर्माणको लागी तिब्बेत फुलि कन्ट्रक्सनले जिम्मेवारी पाएको हो । मुआब्जाका लागि बाँकीहरुले निवेदन दर्ता गराइसकेको प्रजिअ भण्डारीले बताए । यसका लागी इन्टर मोडल यातायात विकास समितिमा चिन पठाइ सकिएको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया