रसुवालि कबि र हिरासतका दिन बारे

विदुर खबर २०७६ भदौ ६ गते ८:०१
रजमान तामाङ

              रजमान तामाङ

रसुवालि कबिको हिरासत डायरी (हिरासतका दिन (मेरो हात परेपछिकै रात पढी भ्याँए । म यहाँ यो पुस्तकको समिक्षा गरिरहेको छैन।मेरो त्यो बिधा पनि होइन।लेखन कला भएर लेखिरहेको पनि होइन । अन्तरमनमा गुम्सिएका भाबना ब्यक्त गर्न मात्र लेख्छु म ।यो पनि त्यही कामको शृङ्खला हो ।

Advertisement

रसुवाली कबिसँग मेरो भेट हुँदा सायद सात कक्षामा पढ्दै थियो जस्तो लाग्छ उनि।म रसुवाको दक्षिण भेगमा जनयुद्ध कालिन माओवादी पार्टी निर्माणमा खटेको थिएँ त्यतिबेला । कुरा१९ बर्ष पहिलेको हो।म पनि टीन एजकै थिएँ ।लभ गर्ने( डेटिङ जाने उमेर भर्खर शुरु भएको थियो । धारापानीमा पढ्थे ठाकुर तिमल्सिना अर्थात रसुवालि कबि । माओबादीका भुमिगत नेता प्रज्वलको घर भन्दा दुई कान्लामाथी थियो यिनले पढ्ने स्कुल।प्रज्वल यिनका सहोदर मामा।गोतामे कान्छा पनि भनेर चिनिने इन्द्र गौतम अर्थात प्रज्वल हुँदा खादाको मास्टरी जागिरमा श्रीमतीलाई झुन्ड्याएर पुर्णकालिन राजनितिमा होमिएका थिए।ज्ञानु अर्याल कमरेड प्रज्वलका जिबन सङ्गिनी पनि हामी भुमिगत कार्यकर्तालाई अजिब माय गर्थिन्।यिनि सबैको ज्ञानु मिस थिइन् । धारापानी ,जिबजिबे ,सिम्ले,चिती ,भलायो डाँडा हाम्रो मुख्य सेल्टर थियो।फलाखुको किनारमा रहेको प्रज्वलको एकन्त गोठमा मैले एक्लै कैयौं रात बिताएको छु।खाल्चेतको पहिरोले झन्डै पुरिएका थियौं राम भक्त उप्रेती र म।त्यतिबेला मनभित्र थियो त केबल पार्टी थियो र त्यो पार्टी जोगाएर क्रान्तिलाई अधि बढाउने क्रममा आउने मृत्यु पनि स्विकार्य थियो । पासपोर्ट खल्तीमा राखेर पदको बार्गे्निङ गर्ने घृणित हर्कत त्यतिबेला थिएन भन्दा हुन्छ।जहाँ जहाँ सजिलै पैसा प्राप्त हुन्छ त्यहाँ आफ्नो मान्छे पठाउने प्रचलन थिएन।त्यहाँ त बलिदान गर्ने योद्दाहरुको क्षमताको कदर हुन्थ्यो ।त्यही आधरमा जन्मिएका हुन् कमरेड बिप्लब।जसले आजको संकटमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन जोगाउन ऐतिहासिक भुमिका खेलिरहेका छन् । भएको पद र सत्ता छोडेर युद्धमा होमिने भरत ढुंगानाहरु थिए।माओबादी आन्दोलनका यि दुर्लभ पात्र जनयुद्धमा शहिद भए ।

कमरेड समिपको नामले चिनिने म एक बर्ष पछि नुवाकोट सरें । पहिलो बार्ता अन्त्यसँगै शुरु भयो संकटकाल।त्यही बेला गिरफ्तार भएँ म।राजधानीको भद्रबन्दी गृह पुग्नु अघि भोगेको यातनाको बयान दन्त्य कथा झैँ लाग्छ आफैंलाई ।साथमा थिए साथी नबिन पुडासैनी ।हाम्रो जेल नाम चाँहि राजेन्द्र गुरुङ र प्रकाश गुरुङ थियो।झररो बाहुन नबिनलाई प्रकाश गुरुङ भन्दा पनि पत्याउने त्यो बेलाका शाही सेना लाट्टा थिएकी बाठा थाहा भएन हामीलाई । कथाको पन्तुरो यस्तै हो।लावाङको मन्डले यात्रासँग सहमत हुन सकिएन।सम्बन्ध बिच्छेद गरेर सत्यको मार्ग छोडिएन।सम्बन्ध बिच्छेद पछिका दिनहरूको पनि आफ्नै कथा छ।आफैंले जिबनका महत्त्वपूर्ण समय ब्यतित गरेको, जेलनेल खाएको पार्टीको अपहरण जस्तो जघन्य अपराधको शिकार हुनु पर्यो।प्रचण्डका तलुवा चटुवा यि गद्दारहरुको आजको हबिगत देखिएकै छ ।

Advertisement

संविधानसभाको पहिलो निर्बाचनमा आएको मतपरिणामसँगै माओबादी आन्दोलनको ओरालो यात्रा शुरु भएको थियो।माओबादी आन्दोलनमा पैदा भएको बिचलन र विघटनलाई कमरेड बिप्लबको नेतृत्वमा पुनर्जीवन दिनेकाम भएसँगै चार बर्ष पहिले बाघबजारमा पुनः भेट भएको थियो हाम्रो।भेटको लागी अबसर जुटाउने पुर्बेली कमरेड सुरेश सुबेदी थिए।कलिलो उमेरमा माओवादी आन्दोलनमा होमिएका सुबेदी ईमानदार माओबादी कार्यकर्ता थिए । भेट भएको केहि समय पछि नै मेरो कार्यक्षेत्र रसुवा तोकियो।कमरेड सुदर्शन रणबिर र साथी केदार खतिवडाले पहल र आग्रह गरे।रसुवालि कबि पनि त्यही जिल्लामा संगठित भएकोले नियमित भेट हुनु स्वभाबिक थियो । स्वाभिमानका शतिसाल यिनको हिलेडोलको कोठामा कैयौं रात सँगै ढलेका छौँ हामी । काठमाडौमा चलाएको बिद्यार्थी अभियानको दौरान बिग्रेको खोकी मेरो दिर्घ रोग नै बनेको छ।रातभार खोकिको डरलाग्दो आबजहरुले वरिपरिको डेरावाल पनि दिग्दार भएका थिए ।तातोपानी तताएर खाने हाम्रो सहयात्रा अजिब थियो । कयौंपटक हिरासत बसे यिनी प्रतिबन्ध पहिला पनि।रसुवामा बिद्यार्थी सम्मेलनको दौरान पनि भाषण गर्दागर्दै पक्राउ परे ।धुन्चेको हिरासतमा रहे । प्रतिबन्ध पछि गिरफ्तार परे।सत्ताको नजरमा यिनको प्रत्येक कविताका शब्दहरू एटम बम बनेको थियो।यि अजिब मान्छेको लेखनिसँग सत्ताका मठाधिशहरु आत्तिएका थिए । यिनि पक्राउ परे ।

बालाजु हिरासत बसाइमा देशको तस्बिर नियाले यिनले।लामो हिरासत बसाइपछि यिनले अहिले पाठकहरु माझ ल्याएका छन् हिरासतका दिन।सरल भाषा शैली ,पात्र हरुको मनोबिज्ञानको सजिब चित्रण ,हिरासत भित्रको बेथिति युबाहरुको हबिगतको चित्र उतारेका छन् कबिले।हिरासतमा जून अपराधको जामा लगाएर मान्छेहरु ल्याइएको हुन्छ त्यो त आजको अर्थराजनितिले नै उत्पादन गरेको बिकृती हो भन्ने लेखकको बिचार छ।आफु जन्मेको भुगोल त्यो भुगोलको अर्थराजनिती र संस्कृति, त्यसले आफुमा पारेको प्रभाव उनले सबिस्तार चर्चा गरेका छन् ।

Advertisement

आफ्नो आस्थाप्रतिको दृढता यस पुस्तकमा अझै निखर रूपमा प्रस्तुत भएको छ । समाजबादप्रतिको आफ्नो अबिचलित बिस्वास नै कबिको अर्को परिचय हो भन्दा फरक नपर्ला । कैयौं अभावले उनलाई बिचलित बनाएको छैन ।बजारबादको डरलाग्दो कुलतबाट गाँजिएको उसको पुस्ता भित्रबाट रसुवाली कबि बन्नु आफैंमा एक क्रान्ति लाग्छ मलाई । उनि जुन भुगोलमा जन्मे त्यो भूगोलको राजनिती अजिब नै छ।पैसाको बोरा बोकेर चुनाबमा गए जसले पनि जित्छ।कुनै राजनितिक संस्कार छैन भने हुन्छ त्यहाँ ।राम कृष्ण आचार्य ,डिबि लामा ,जनार्दन ढकाल र अहिले मोहन आचार्य सम्मको चुनाब जित्ने हतियार पैसाको बोरा हो।पार्टीको केन्द्रिय सदस्य देखी आआफ्नो हैसियत र गच्छे अनुसार डिल हुन्छ।समसदिय ब्यबस्थाको यो बिकृत अर्थराजनितिमा पिल्सिनु र दुर्गती भोग्नु त रसुवाली जनता मात्र होइन समग्र नेपाली जन नै हो।माओबादी आन्दोलनको रापतापले २०६४ को सम्बिधान सभामा माओबादी उम्मेदवारको बिजय त अपबाद थियो ।

हिरासतका दिनमा कबिले केहि गुनासा गरेका छन् ।जो यो पङ्तिकारसँग पनि छ।त्यतिबेला रसुवा जिल्ला इन्चार्जको भुमिकामा थिएँ म।काठमाडौको बसाई बन्द गरेर रसुवा नै आए गिरफ्तार परिदैन ।मैले बारबार आग्रह गरें।समयले कहिकाँही साथ नदिन सक्छ । यिनि काठमाडौमा गिरफ्तार परेपछि मेरो अन्तर आत्मले भन्यो ,(कुटनैतिक पहल गरेर छुटाउन सकिन्छ । त्यसका लागि केहि उपाय थियो।उनकै मामा सरकारी पार्टीका नेता थिए।उनैले पहल गरे । स्रस्टाहरुले सामाजिक संजाल र सडक तताए।नारायण ढकाल, आहुती ,युग पाठक अशोक सुबेदी देखी युबा पङ्तिका आगो कबि (गजलकार बिपि बिद्रोही सम्म भिड्नु भिडे।तैपनि छोड्ने तरखर देखिएन।अर्को पहल थाले जगतजङ्गले।अन्ततः यिनी रिहा भए।त्यसपछि हामी सबैका साथमा छ,हिरासतका दिन । यो पुस्तक लेखेर रसुवालि कबिले आजको समयलाई प्रश्न गरेका छन् । प्रश्न गर्न अह्वान गरेका छन् । समाजबादको अबिचलित यात्रामा दृढता ब्यक्त गरेका छन् । र समाजबाद सम्भब छ भन्ने आशाबाद दर्शाएका छन् । त्यसैले कबिलाई हार्दिक धन्यवाद ।

प्रतिक्रिया