लायन्स क्लवको प्रथम क्याबिनेट मिटिङ सम्पन्न, पुर्व प्रधानन्यायाधीश सुशीला कार्की सम्मानित

विदुर खबर २०७६ भदौ १ गते १८:०४

Advertisement

 काठमाडौ, लायन्स क्लव ईन्टरनेशनल ३२५ बि १ को पहिलो डिस्ट्रिक्ट ईन्सटलेशन तथा प्रथम क्याविनेट मिटिङ सम्पन्न भएको छ ।

शनिवार काठमाडौंमा भएको कार्यक्रममा नेपालका प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दे पूर्व प्रधानन्यायाधीश शुसिला कार्कीले लायन्स क्लबले समाजमा पुर्याएको योगदान र बिशेष गरि वर्तमान गभर्नरले ल्याएको महिला सशक्तीकरण र सीपमूलक तालिम संचालनको खुलेर प्रशंसा गरिन ।

Advertisement

त्यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै डिस्ट्रिक्ट गभर्नर लायन ईन्दु लम्सालले समाज रुपान्तरणमा महिलाहरुले खेलेको महत्त्वपूर्ण भूमिकालाई उजागर तुल्याउन यस वर्ष सामाजिक सेवामा सकृय महिलाहरुलाई सम्मान गरिने र महिला सशक्तीकरणका कार्यक्रम अगाडि बढाईने बताइन । त्यस्तै लायन्स क्लबका ईन्टरनेशनल डाईरेक्टर सन्जय खेतानले आफ्नो धारणा राख्दै उपस्थित लायन लिडरहरुलाई उत्साहित गराएका थिए ।

बैठकमा १३४ वटा नयाँ क्लवहरुको समुद्घाटन र नयाँ क्लवका सबै संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको थियो । यस क्याविनेट बैठकले लायन्सहरुमा छुट्टै उत्साह र उमंग ल्याएको र यस्तो भव्य कार्यक्रममा सहभागी हुन पाउँदा आफूमा नयाँ उर्जा थपिएको लायन्स क्लब अफ काठमाडौं गोङ्गबुका अध्यक्ष लक्ष्मण ढुङ्गानाले बताए ।

Advertisement

कार्यक्रममा एरिया लिडर बालकृष्ण बुर्लाकोटी, पूर्व गभर्नरहरु राजन लम्साल, गिरधारी शर्मा, गौतममान श्रेष्ठ, योगेन्द्र प्रधान, ध्रुब थापा, धनराज आचार्य, अशोक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । बैठकमा देश भरबाट करिव पच्चीस सय लायन्स सदस्यहरु सहभागी भएका थिए । कार्यक्रममा अनुमान गरिए भन्दा धेरै सहभागी उपस्थित भएकाले व्यवस्थापनमा केही समय समस्या उत्पन्न भएको तर सावधानी पूर्वक समाधान गरिएको आयोजक लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका पूर्व अध्यक्ष तथा जोन चियर पर्सन अनुज कुमार श्रेष्ठले जानकारी दिए । विश्वभर लायन्स क्लवलाई मानवीय सेवा र सामाजिक क्रियाकलापका निम्ति अब्वल मानिन्छ । नेपालमा महाभुकम्पका बेला पिडितहरुलाई उद्धार गर्ने, राहत सामाग्री वितरण गर्ने, बाढीपहिरो, आगलागि हुँदा उद्धार कार्यमा जुट्न लायन्स क्लवका सदस्यहरुको भूमिका अग्र स्थानमा रहदै आएको छ ।

 

प्रतिक्रिया