गोसाइकुण्ड गएका युवकको लेक लागेर मृत्यु

विदुर खबर २०७६ साउन ३० गते १५:२२

रसुवा ,गोसाइकुण्डमा नुहाउन गएका एक तिर्थयात्रुको बुधबार साझ लेक लागेर मृत्युु भएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भएका हाल मुलपानि काठमाडौं बस्ने २३ वर्षीय दिपक ढकाल को मृत्युु भएको हो ।

समुन्द्री सतह बाट १४ हजार ६ सय ८० मिटरको उचाईमा अवस्थिति गोसाईकुन्डमा नुहाउने क्रममा उनको लेक लागेर मृत्युु भएको हो । मृतकको शव धुन्चे ल्याइ काठमाडौँ पठाइने जनाइएको छ ।

Advertisement

प्रतिक्रिया