एभरेस्ट प्रिमिएर लिग फागुन तेस्रो साता हुने

विदुर खबर २०७६ साउन २७ गते १७:४५

Timure Yatayat Bus

Advertisement

नुवाकोट, चौथो संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) क्रिकेट फागुन तेस्रो साताबाट सुरु हुने भएको छ ।

आयोजक ईपीएलले सोमबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगिता फागुन तेस्रो साताबाट सुरु हुने जनाएको छ । १३ दिन चल्ने ईपीएल फागुन १७ देखि चैत १ गते सम्म संचालन हुनेछ । यसअघि ईपीएल मंसिर देखि पुसमा हुँदै आएको थियो । आयोजकले प्रतियोगितालाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएको जनाएको छ ।

Advertisement

आयोजकले यस पटकको लिगका लागि फ्रेन्चाइज टिमले आइकोनिक खेलाडीमा टेष्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नु पर्ने नियम बनाएको छ । यस्तै यस संस्करणको लिग विदेशी प्रोडक्सन कम्पनिले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । गत संस्करणको उपाधि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रीयट्सले जितेको थियो ।

प्रतिक्रिया