टिमुरेको घट्टेखोलाबाट फ्रान्सेली नागरिक बेपत्ता

विदुर खबर २०७६ साउन २४ गते ७:१०

रसुवा, रसुवागढी मार्ग भएर चिनियाँ भूभागमा जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट आज बेपत्ता भएकी छन् ।

Advertisement

जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश वाग्लेका अनुसार आज बिहान १०.४५ बजे खुट्टा धुन खोलामा गएकी राहदानी नं 11CP00778 की ७१ बर्षीया हरतीङ अल्फ्रेडलाई घट्टेखोलाले बगार्इं बेपत्ता बनाएको हो । रसुवा जिल्ला गोसाँइकुण्ड गाउँपालिका–२ को घट्टेखोलामा घटना भएको थाहा पाउनासाथ खोज उद्धारका लागि सीमाक्षेत्रको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

ठाडो खोलामा पानीको बहाव तीव्र भएको र घटनास्थल भोटेकोशी नजिक गहिरो खोँच भौगोलिक विकटताजस्ता समस्या भए पनि सुरक्षाकर्मी तदारूकता साथ खोँज र उद्वारमा लागेको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताउनुभयो । ती महिला काठमाडाँैस्थित सत्यम टुर एण्ड ट्राभलमार्फत मानसरोवर जाने क्रममा रहेको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिक्रिया