नुवाकोट युनाईटेड सेमिफाईनलमा,फाईनल प्रवेशको लागि थ्रिडिसँग खेल्ने

नुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तत आज भएको अन्तिम क्वाटरफाईनल खेलमा युनिक व्वाईज क्लब ढुङ्गेलाई ४–० गोल अन्तरले पराजित गर्दे नुवाकोट युनाईटेड सेमिफाईनलमा प्रवेश गरेको छ ।
सेमिफाईनल प्रवेश गरेको नुवाकोट युनाईटेडले शुक्रवार फाइनल प्रवेशको लागि थ्रि डि क्लब कोलनीसँग प्रतिष्पर्धा गर्नेछ । थ्रि डि क्लबले आजै पिपलटार फुटवल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दे सेमिफाईनल प्रवेश गरेको हो । खेल भइरहँदा ठुलो वर्षा भएपछि दुबै टोलीले स्वभाविक खेल प्रर्दशन गर्न सकेनन ।
खेलको रोचक पक्ष भने नुवाकोट युनाइटेडका प्रमुख डिफेन्डर पृथ्वी प्याकुरेल युनिक व्वाईजको आक्रमण निस्तेज पार्न व्यस्त थिए । युनिक व्वाईजका संरक्षक उनका दाजु थिए भने भाई नुवाकोट युनाइटेडका डिफेन्डर । पृथ्वीका सहोदर दाजु मच्छिन्द्रनरसिंह प्याकुरेलले युनिकको संरक्षकत्व गरिरहेका छन । खेल दौरान मच्छिन्द्रनरसिंह प्याकुरेलले टर्चलाईन सम्म पुगेर आफ्ना खलाडीलाई उत्प्रेरणा दिई रहेको र भाईको डिफेन्स तोड्न खेलाडीलाई निर्देशन दिएको दृष्य नै खेलमा सवैभन्दा आकर्षक विषय बनेको थियो यसमा दर्शक र आयोजक अझ रोमान्चित भईरहेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया