रसुवामा न्याय सम्पादनका लागि छुटै इजलास कक्ष
रसुवा, जिल्ला प्रशासन कार्यालय रसुवामा न्याय सम्पादनका लागी छुटै इजलास कक्ष सहित न्याय सम्पादनमा नयाँ आयाम थालनी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जन भण्डारीका अनुसार यस कार्यालयबाट प्रत्येक हप्ता मंगलबारका अनुसारका मुद्धाहरु क्रमशः फैसला गरिनेछ । साउन १५ गते रसुवा जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिस पुर्णप्रसाद बास्तोलाले उद्घाटन गर्नु भएको थियो ।
यस भन्दा अगाडीका प्र.जि.अ. कृष्ण पौडेलले थालनी गर्नुभएको सुविधा सम्पन्न टेलिभिजन आराम गर्ने कुर्सी, पानी, चिया, मोबाईल चार्जर, फ्री वाईफाई सहितको आधुनिक सेवाग्राही प्रतिक्षालय तथा स्तनपान कक्षको शुभारम्भ गरेका थिए भने अहिले प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी आइसकेपछि त्यसलाई थप व्यवस्थापन गरी पुर्ण रुपमा सुभारम्भ सहित सन्चालनमा आएका छन ।
प्र.जि.अ अर्जुन भण्डारीका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवामा विगत दुई वर्ष देखि का मुद्धाहरु रहेको र त्यो मुद्धालाई लामो समय सम्म नराख्ने गरी प्रत्येक साताको मंगलबार एउटा मुद्धा फैसला गर्ने गरी इजलास स्थापना गरिएको हो । यहाँबाट हरेक हप्ता मुद्धाको सुनुुवाई हुन्छ तथ्य सत्य प्रमाणको आधारमा वकिलले बहस गर्ने छन । जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष ०७५/०७६ मा जम्मा म२० ओटा मुद्धा दर्ता भएका छन भने एक मुद्धा गत आ.व. ०७४÷०७५ को सरेर आएको छ । त्यस मध्येका हाल सम्म ५ वटा मुद्धा फैसला भइसकेको नै रहेको छ यस कार्यालयबाट सार्वजनिक मुद्धा तथा मुलुकी अपराध सहिता २०७४ सम्बन्धी मुद्धहरु हुनुपर्छ ।
प्र.जि.अ. भण्डारीका अनुसार पहिले सीमीत मुद्धाहरु मात्र यस कार्यालयले हेर्दथ्यो भने अहिले एक वर्ष सम्मको हेर्न पाउने ऐनमा व्यवस्था गरेको छ त्यसै अनुसार हामीले अर्धन्यायिक निकायको इजलासबाट न्याय पाएको महसुस गराउने छौ । त्यस्तै यस कार्यालयबाट साउन १५ बाटै राष्ट्रिय पत्र दर्ताको कार्य समेत आरम्भ गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल





प्रतिक्रिया