सडक जिर्ण बन्दै गएपछि रसुवाका राजमार्ग मर्मत गरिँदै
रसुवा , वर्षायामको पानीका कारण जीर्ण बन्दै गएको धुञ्चे, त्रिशूली नदी आसपास र खोपाङ भिरको राजमार्ग मर्मतका लागि आजबाट उपकरण परिचालन गरिएको छ ।
नेपाल र चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने एकमात्र उत्तरी नाका रसुवागढी क्षेत्रको जीर्ण राजमार्ग मर्मतका लागि स्थानीय प्रशासन र गोसाइँकुण्ड गाउँपालिकाले चर्काे दबाब दिएपछि डिभिजन सडक कार्यालयले स्काभेटर पठाएको स्थानीयवासीले बताएका छन् । स्काभेटर चालक हरिशरण भुजेलले असहज ठाउँको पहिरो फुटाउन ब्रेकसमेत साथमा ल्याइएकाले १० दिनभित्र सडक सतह मिलाइ मालबाहक कन्टेनर डिब्बा गुडाउन सहज पारिने बताउनुभयो । वडा नं ५ खोपाङ भिर इलाकामा सडक सतह जीर्ण हुँदा हिलोको लिगमा गुडाउँदा तलका पार्टपुर्जा ठोकिने, लिगभन्दा बाहिर चक्का पर्दा दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा राजमार्ग मर्मतका लागि स्काभेटर आउँदा सडक मर्मत हुनेमा चालकलाई आशावादी बनाएको छ ।
पहिराका कारण नदी किनारको मैलुङ स्याफ्रुबेशीतर्फको नयाँ राजमार्ग बन्द भएपछि सबै सवारीसाधन बेत्रावती, कालिकास्थान धुञ्चे हुँदै तर्फीरूपले स्याफ्रुबेशी ओहर दोहर भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । प्राकृतिक रूपमै गत विगतको तुलना ठाउँठाउँमा सडकका माथि वा तलबाट जाने पहिराको प्रकोपमा कमी आएको र खाल्डाखुल्डी परेका राजमार्गको सतह मिलाउन सडक कार्यालयलाई निरन्तर आग्रह गरि रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । यस्तै स्याफ्रुबेशी, मैलुङ खण्डको १७ किमि नयाँ राजमार्गअन्तर्गत धुञ्चे पुच्छार त्रिशूली नदीमा पुल, पूरै दूरीमा टेवा पर्खाल, नाली र कालोपत्रे गर्नेसमेत सबै काम निर्माण गर्न बाँकी रहेकाले हिउँदे सडकका रूपमा मात्र प्रयोग गरी वर्षायामभर नदी किनारको सो राजमार्ग बन्द गरिएको गल्छी, मैलुङ सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । नेपाली सेनाले राजमार्गको बाटो खोली सडक सुधार आयोजनालाई हस्तान्तरण भएपश्चात् डिपिआर तयार र स्वीकृत गराउने काम सम्पन्न भइसकेकाले राजमार्गको संरचना निर्माणका लागि नियमानुसार निर्माण कम्पनी छनोट गर्न प्रक्रिया अगाडि बढिरहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया