नुवाकोट जिल्ला लिग फुटवल : युनिक व्वाईज क्लब क्वाटरफाईनलमा

विदुर खबर २०७६ साउन १९ गते २०:२३
फाईल फोटो

Timure Yatayat Busनुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा एक÷एक गोलको बराबरी खेल्दै ढुङ्गेको युनिक व्वाईज क्लब क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

                                                                                          फाईल फोटो

Advertisement

समुह बि को अन्तिम खेलमा रसुवाको सुन्दरा युवा क्लबसँग १–१ गोलको बराबरी खेल्दै युनिक व्वाईज क्वाटरफाईनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्कम खेलमा दुबै टिमले एक÷एक गोलको बराबरी खेलेर अंक बाँडेका हुन । आजको बराबरीसँगै युनिक व्वाईज क्लबले आठ अंकका साथ शीर्ष स्थानमा छ । समहु विजेताको टुङ्गो भने तप्त युवा क्लब र सुन्धाराविचको खेलले निर्धारण गर्नेछ ।

यसअघि पहिलो खेलमा तप्त युवा क्लबसँग बराबरी खेलेको युनिक व्वाईजले दोस्रो खेलमा नवज्योति युवा क्लब रातमाटेलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा गड्खार युथ क्लबलाई १४–० गोल अन्तरले पराजित गरेको थियो ।

Advertisement

प्रतिक्रिया