राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलब बढ्यो, सामाजिक सञ्जालमा विरोध

विदुर खबर २०७६ साउन १९ गते ८:३२

नुवाकोट, चौतर्फी आलोचना खेपिरहेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री मन्त्रीको तलव वढाएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ ।

Advertisement

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढ तलब आगामी साउन १ गतेदेखि नै लागू गर्ने निर्णय गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको तलबमा १८ प्रतिशतले वृद्धि गरिएको छ । यसबाट राज्यले अब वार्षिक १८ करोड थप व्ययभार भोग्नुपर्नेछ ।

अब राष्ट्रपतिको तलब १ लाख ७७ हजार पुग्ने भएको छ । यसअघि १ लाख ५० हजार थियो । उपराष्ट्रपतिको १ लाख २५ हजार, प्रधानमन्त्रीको ९१ हजार, सभामुख र उपसभामुखको तलब ७९ हजार हुने भएको छ ।

Advertisement

कसको तलव कति ? 
पद          तलब
राष्ट्रपति– १ लाख ७७ हजार
उपराष्ट्रपति –१ लाख २५ हजार
प्रधानमन्त्रीको–९१ हजार
सभामुख–७९ हजार
उपसभामुख–७९ हजार

प्रतिक्रिया