सडक अवरुद्ध हुँदा केरुङबाट स्याउ कम आउन थाल्यो

विदुर खबर २०७६ साउन १७ गते १७:२२

Timure Yatayat Busरसुवा, ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध भएका कारण तीज र दशैको लागि चीनको केरुङबाट आउने स्याउको आयात घटेको छ ।

Advertisement

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा ५ करोड ८९ लाख ९६ हजार ९ सय २३ केजी स्याउ आयात भएको थियो । आर्थिक वर्ष ०७५÷०७६ मा ३ अर्ब ३० करोड ५ लाख ८७ हजार ५ सय ५६ मुल्यको स्याउ आयात भएको थियो ।

कार्यालयबाट साउनदेखि असार मसान्तसम्ममा ५ करोड ६ लाख १३ हजार ४ सय १६ केजी स्याउ आयात भएको छ ।प्रमुख भन्सार अधिकृत खड्काका अनुसार नेपालमा युएस, थाइल्याण्ड, ईटाली, भारत, चीनबाट स्याउ आयात हुन्छ । गत वर्ष पनि असार साउनमा कतै पहिरो कतै सडक भासिएका कारण आयात भएका स्याउ कुहिएर खोलामा नै फाल्नु परेको थियो । त्यसपछि फागुन चैत्रतिर ओभरलोड बोक्न नदिएपछि स्याउ आयातमा कमि आएको हो ।

Advertisement

प्रतिक्रिया