राष्ट्रिय गौरवको आयोजना मैलुङ-स्याफ्रुवेशी सडकको टेण्डर अझै हुन सकेन
विदुर खबर
२०७६ साउन १७ गते ९:४३
रसुवा, राष्ट्रिय गौरवको आयोजना मैलुङ-स्याफ्रुवेशी सडकखण्डको स्तरोन्नतीका लागि अझै टेण्डर हुन सकेको छैन । टेण्डर भएर काम सुरू भई सक्नुपर्नेमा अहिलेसम्म टेन्डर हुन नसकेपछि स्तरोन्नतीको समय लम्बिएको छ ।
नेपाली सेनाले निर्माण गरेको उक्त सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधनको काम भने भर्खरै सकिएको छ ।
चालू आर्थिक वर्षको वजेटमा बेत्रावती–स्याफ्रुवेशी शुरूङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन भएको छ । र्थमन्त्री युवराज खतिवडाले सडक आयोजनालाई टेण्डर प्रक्रिया स्थगित नगर्न गत वर्ष निर्देशन दिएका थिए ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले प्रक्रिया अघि बढेको बताए । सडक स्तरन्नति गर्न छिट्टै नै टेन्डर गरेर काम सुरू हुन्छ, प्रमुख भण्डारीले भने ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया