रसुवामा राष्ट्रिय परिचयपत्र वितरण सुरु
विदुर खबर
२०७६ साउन १७ गते ९:०८

रसुवा, रसुवामा बुधबारदेखि राष्ट्रिय परिचयपत्र विवरण सुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार बुधवार नागरिक समाजका अध्यक्ष वावुलाल तामाङ, आमाछोदिङमो गाउँपालिका– १ की दावाचिमो तामाङ र जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टको विवरण दर्ता गरी परिचयपत्र प्रदान गरिएको छ ।
परिचयपत्रका लागि दुईवटा डेक्स स्थापना गरिएको छ । प्रजिअ भण्डारीले भने, ‘एउटाबाट दैनिक करिव ८० र अर्काेबाट ४० जनाको विवरण दर्ता गर्न सकिनछ ।’ बर्खाभरी कार्यालयबाट र बर्खा सकिएपछि पाँच गाउँपालिकाको २७ वडामा घुम्ति शिविरमार्फत् विवरण संकलन गरिनेछ । परिचयपत्रका लागि डिजिटल तस्बिर, दुवै हातका डिजिटल हस्ताक्षर लगायत विवरण उपलब्ध गराउनु पर्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया