रसुवा ट्राफिकद्धारा ४२ लाख राजस्व सङकलन

विदुर खबर २०७६ साउन ८ गते २०:११

रसुवा , जिल्ला ट्राफिक कार्यालय रसुवाले आ.व. ०७५/०७६ मा करिब ४२ लाख ९७ हजार बराबरको राजस्व सङकलन गरेको छ ।

Advertisement

जिल्ला ट्रफिक प्रहरी कार्यालय का प्रहरी सुाहायक पनरिक्षक रामशरण कुमाल का अनुसार गत वर्ष को २०७५ श्रावण देखी २०७६ असार मसान्त सम्म जिल्ला भित्र ट्राफिक नियम उल्लङघन गरि गुड्ने यातायतका साधनहरु मार्फत कुल ४२ लाख ९७ हजार राजस्व उठाएको हो । ट्राफिक नियमको उल्लङघन गरका कुल ५ हजार ६ सय १० सवारी साधनहरुलाई कारबाही गर्दा सो परिमाणको राजस्व सङकलन हुन आएको जिल्ला ट्रफिक कार्यालय रसुवाले जनाएको छ ।आर्थिक वर्ष ०७४/०७५ मा कुल ७६ सय २६ वटा सवारी लाई कारबाही गरि ५९ लाख २३ हजार राजस्व सङकलन भएको थियो ।

गएको वर्ष ट्राफिक कारवाहीमा सवै भन्दा धेरै रातो प्लेटको जिप तथा कार कारवाहीमा परेका थिए भने आ.व.०७३/०७४ मा साना तथा ठुला गाडी गरेर आठ हजार दुई सय कारवाहीमा परे भने राजस्व ६२ लाख ८६ हजार उठेको छ । आ.व.०७५/०७६ मा ट्रक ३ हजार ५ सय ३६ , वस २ सय २३ कार जिप सात सय ८६ , मा.प.से.बाट एक हजार ६२ ट्रयाक्टर बाट २ कारबाहीमा परेका छन् ।

Advertisement

प्रहरी साहायक निरिक्षक कुमालका अनुसार जिल्ला भित्र मापसे चेक १८ जना , परमिट नभएको ३ सय ८० , ओभरलोड एक हजार ७ सय ३६ ,सिल्ट वेल्ट/हेल्मेट ९४ जना , का.प.मा.न.एक हजार चार सय ७८ सय ,स.चा.अ.प. ३ सय १७ ,वतिको अवस्था एक सय १५ प्रयोजन विपरित ४ सय ४० ,सिट क्षमता ५५ , अन्य कारवाही नौ सय ६६ रहेको बताए ल। ट्राफिक चेतना मुलक सम्बन्धि स्कुल , गाउँपालिका हरुमा डकुमेन्ट्री पर्चा एवं पम्पलेट हरु समेत देखाइ वितरण गरि जानकारी समेत दिइएको छ ।

प्रतिक्रिया