रसुवा ट्राफिकद्धारा ४२ लाख राजस्व सङकलन
रसुवा , जिल्ला ट्राफिक कार्यालय रसुवाले आ.व. ०७५/०७६ मा करिब ४२ लाख ९७ हजार बराबरको राजस्व सङकलन गरेको छ ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय का प्रहरी सुाहायक पनरिक्षक रामशरण कुमाल का अनुसार गत वर्ष को २०७५ श्रावण देखी २०७६ असार मसान्त सम्म जिल्ला भित्र ट्राफिक नियम उल्लङघन गरि गुड्ने यातायतका साधनहरु मार्फत कुल ४२ लाख ९७ हजार राजस्व उठाएको हो । ट्राफिक नियमको उल्लङघन गरका कुल ५ हजार ६ सय १० सवारी साधनहरुलाई कारबाही गर्दा सो परिमाणको राजस्व सङकलन हुन आएको जिल्ला ट्रफिक कार्यालय रसुवाले जनाएको छ ।आर्थिक वर्ष ०७४/०७५ मा कुल ७६ सय २६ वटा सवारी लाई कारबाही गरि ५९ लाख २३ हजार राजस्व सङकलन भएको थियो ।
गएको वर्ष ट्राफिक कारवाहीमा सवै भन्दा धेरै रातो प्लेटको जिप तथा कार कारवाहीमा परेका थिए भने आ.व.०७३/०७४ मा साना तथा ठुला गाडी गरेर आठ हजार दुई सय कारवाहीमा परे भने राजस्व ६२ लाख ८६ हजार उठेको छ । आ.व.०७५/०७६ मा ट्रक ३ हजार ५ सय ३६ , वस २ सय २३ कार जिप सात सय ८६ , मा.प.से.बाट एक हजार ६२ ट्रयाक्टर बाट २ कारबाहीमा परेका छन् ।
प्रहरी साहायक निरिक्षक कुमालका अनुसार जिल्ला भित्र मापसे चेक १८ जना , परमिट नभएको ३ सय ८० , ओभरलोड एक हजार ७ सय ३६ ,सिल्ट वेल्ट/हेल्मेट ९४ जना , का.प.मा.न.एक हजार चार सय ७८ सय ,स.चा.अ.प. ३ सय १७ ,वतिको अवस्था एक सय १५ प्रयोजन विपरित ४ सय ४० ,सिट क्षमता ५५ , अन्य कारवाही नौ सय ६६ रहेको बताए ल। ट्राफिक चेतना मुलक सम्बन्धि स्कुल , गाउँपालिका हरुमा डकुमेन्ट्री पर्चा एवं पम्पलेट हरु समेत देखाइ वितरण गरि जानकारी समेत दिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया