बाढीमा परि ज्यान गुमाएका परिवारलार्ई तादी गाउँपालिकाको सहयोग
विदुर खबर
२०७६ साउन ६ गते १९:३३
नुवाकोट, यहि असार १९ गते बाढीमा परि ज्यान गुमाएका तादी गाउँपालिका वडा नं २ का देबकृष्ण तामाङ र बिनोद तामाङका आफन्तलाई तादी गाउँपालिकाले आर्थिक सहयोग वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे , उपाध्यक्ष ईश्वरी उप्रेती लगायतले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन । मृतकका परिवारलाई किरिया खर्च स्वरुप जनही २५ हजार रुपैयाँ वितरण गरिएको तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले विदुरखबरलाई जानकारी दिए ।
यस्तै तादी गाउँपालिका वडा नं ५ की सम्झना तमाङ उच्च रक्तश्रावको कारण मृत्यु भएकोले जन्मिएको बालकको पालनपोषण तथा मृतको काजकिरिया खर्च स्वरुप उनका श्रीमान जितबहादुर तमाङलाई पनि २५ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाकी उपप्रमुख उप्रेतीले जानकारी दिइन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

नुवाकोट, यहि असार १९ गते बाढीमा परि ज्यान गुमाएका तादी गाउँपालिका वडा नं २ का देबकृष्ण तामाङ र बिनोद तामाङका आफन्तलाई तादी गाउँपालिकाले आर्थिक सहयोग वितरण गरेको छ ।










विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया