टिमुरेमा लक्ष्यभन्दा १ अर्ब बढी राजस्व संकलन

विदुर खबर २०७६ साउन ३ गते ११:१२

रसुवा , टिमुरेस्थित रसुवा भन्सार कार्यालयले भने गत आर्थिक वर्ष ०७५/७६ मा वार्षिक लक्ष्यभन्दा १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

Advertisement

गत आवमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खडकाले बताए । उनले लक्ष्यभन्दा १ अर्ब बढी राजस्व संकलन भएको दाबी गरे । ‘रसुवागढी नाकाबाट बर्सेनि मालसामान पैठारी हुने क्रम बढदै गएको छ । पछिल्लो समय नाकाबाट अर्बौं रुपैयाँ मूल्य बराबरका सामान पैठारी भइरहेका छन् । पैठारीमा वृद्धि भएसँगै राजस्व संकलन पनि बढेको हो,’ उनले भने ।

यो नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, चस्मा/चस्माको फ्रेम, प्लास्टिकका सामानलगायतका मुख्य वस्तुहरू पैठारी भइरहेको खड्काले बताए ।

प्रतिक्रिया