टिमुरेमा लक्ष्यभन्दा १ अर्ब बढी राजस्व संकलन
विदुर खबर
२०७६ साउन ३ गते ११:१२
रसुवा , टिमुरेस्थित रसुवा भन्सार कार्यालयले भने गत आर्थिक वर्ष ०७५/७६ मा वार्षिक लक्ष्यभन्दा १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आवमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खडकाले बताए । उनले लक्ष्यभन्दा १ अर्ब बढी राजस्व संकलन भएको दाबी गरे । ‘रसुवागढी नाकाबाट बर्सेनि मालसामान पैठारी हुने क्रम बढदै गएको छ । पछिल्लो समय नाकाबाट अर्बौं रुपैयाँ मूल्य बराबरका सामान पैठारी भइरहेका छन् । पैठारीमा वृद्धि भएसँगै राजस्व संकलन पनि बढेको हो,’ उनले भने ।
यो नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, चस्मा/चस्माको फ्रेम, प्लास्टिकका सामानलगायतका मुख्य वस्तुहरू पैठारी भइरहेको खड्काले बताए ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया