रसुवामा संचालित सार्वजनिक सवारीसाधनको भाडा घट्यो

रसुवा असार ३०, रसुवामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा घटाइएको छ ।
साउन १ गतेदेखि लागू हुने गरि काठमाडौँदेखि कालिकास्थानसम्म १५ प्रतिशत र जिल्लाको अन्य क्षेत्रमा ५ प्रतिशत भाडा घटाउने सहमति भएको हो । शनिबार जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको विद्यार्थी संगठन र व्यवसायी बीचको छलफलले भाडा घटाउने सहित तीन बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । सहमति अनुसार असार २९ गतदेखि विद्यार्थी, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गर्ने, सवारीको भाडा घटाउने र नेपाल सरकारले विभिन्न समयमा जारी गर्ने वैज्ञानिक भाडा दरलाई कार्यान्वयन गर्ने सहमति भएको हो ।
जिल्लामा रहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघका विद्यार्थी र पासाङ ल्हामु यातायात, केरुङ यातायात र टिमुरे यातायातका व्यवसायी बीच छलफल भएको थियो । वैज्ञानिक भाडा दर कायम हुनेपर्ने, पुराना सवारी साधन सञ्चालन रोकिनु पर्ने, टाइम कार्ड लागू हुनुपर्ने लगायतका माग राख्दै विद्यार्थी संगठन आन्दोलित भएका थिए । काठमाडौँबाट कालिकास्थानसम्म १५ प्रतिशत र जिल्लाको अन्य स्थानमा ५ प्रतिशत भाडा घटाउने सहमति भएको अनेरास्ववियू (क्रान्तिकारी) रसुवाका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।
स्थानीय रुटमा सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरी १५ दिन भित्र सार्वजनिक गरिने छ । रसुवा खण्डमा सञ्चालन हुने सवारीले मनोमानी तरिकाले भाडा लिने गरेको कारण जिल्लामा सञ्चालन हुने सवारीको भाडा समायोजन गर्न लागिएको नेपाल विद्यार्थी संघ रसुवाका कोषाध्यक्ष सन्दीप पौडेलले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया