रसुवा पूर्ण खोपयुक्त जिल्ला घोषणा

विदुर खबर २०७६ असार २८ गते १९:३४

रसुवा असार २८, रसुवालाई पूर्ण खोपयुक्त सुनिश्चितता जिल्ला घोषणा गरेको छ ।

Advertisement

१५ महिनासम्मका बालबालिकाहरूले पाउनुपर्ने ११ थरीका खोप लगाई शुक्रबार एक कार्यक्रमबीच घोषणा गरिएको हो । पाँचै वटा गाउँपालिकालाई पुर्ण खोपयुक्त गाउँपालिका घोषणा गरी आगामी दिनमा जन्मिने बालबालिकाहरूलाई कुनै पनि खोपबाट बञ्चित नगर्ने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

सवै वडाहरूमा स्वास्थ्य सेवाको पहुँच पु¥याएर बालवालिकाहरु खोपबाट वञ्चित नगराउने स्वास्थ्य कार्यालयका प्रमुख शिवप्रसाद बडालले बताए ।

Advertisement

प्रतिक्रिया