रसुवागढी नाका हुँदै एक करोडको बाँसको मुढा चीन निर्यात

विदुर खबर २०७६ असार २८ गते १९:२३

रसुवा असार २८, रसुवागढी नाका हुँदै आर्थिक वर्षको एघार महिनामा ४८ हजार ६ सय मुढा चीनतर्फ निर्यात भएको छ ।

Advertisement

नेपालमा उत्पादित बाँसको मुढाको निर्यातसँगै १ करोड २१ लाख ५० हजार २ सय ५० रूपैयाँ आम्दानी भएको प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले जनाएको छ । प्लान्टका अनुसार नेपालको विभिन्न स्थानमा बनाईएको यो मुढा प्रति गोटा २ सय ५० रूपैयाँमा बिक्री भइरहेको छ ।

नेपालकै विभिन्न कारागारमा उत्पादित मुढा संकलन गरी चीनको केरूङ, ल्हासा, सिगात्से लगायतमा निर्यात हुने गरेको छ । क्वारेन्टिनका प्रमुख कुलदिप घिमिरेले आर्थिक बर्ष ०७४÷०७५ मा ३१ लाख २० हजार, ०७३÷०७४ मा १ करोड २० लाख १५ हजार चार सय ५५ को मुढा निर्यात गरेका जानकारी दिए ।

Advertisement

प्रतिक्रिया