रसुवाको पर्यटकीय नगरी आमाछोदिङमोमा ट्रेकिङको नयाँ रुट

विदुर खबर २०७६ असार २६ गते २२:३४

रसुवाका पर्यटकीय नगरीको रुपमा परिचित र सम्भावना रहेका ठाउँहरुमा नयाँ ट्रेकिङ रुटका अध्ययन तथा अनुसन्धान गरेको छ ।

Advertisement

आमाछोदिङमो गाउँपालिका– ३ गत्लाङमा गाउँपालिकाको सहयोगमा अध्ययन गरेको हो । ग्रामीण पर्यटन तथा वातावरणीय शिक्षा समाज नेपालले आयोजनामा सञ्जेन उपत्यकाको पर्यटन मार्ग र हिमचुलीको पहिचान तथा सम्भाव्यता अध्ययन कार्यक्रम अन्तरगत असार ११ देखि २१ सम्म भ्रमण वर्ष र नयाँ पदमार्गको अध्ययन गरिएको हो ।

होमस्टे व्यवसायी बिपिन लामाका अनुसार पदयात्राका लागि मैलुङ हुदै हाकु, गत्लाङ, यार्सा, खुर्पु, जयश्वरीकुण्ड, डिल्पोकुण्ड, साङजेन हिमाल वेश क्याम्प हुदै ४ हजार ८ सय मिटर उचाइ भएर चिलिमेको तातोपानी पुग्न सक्ने हुँदा यो रुट सञ्चालनमा ल्याउन जरुरी रहेको छ ।

Advertisement

प्रतिक्रिया