राष्ट्रपति रनिङ शिल्ड कराँते छनौट प्रतियोगिता सम्पन्न

विदुर खबर २०७६ असार २३ गते १६:५०

नुवाकोटमा ११औँ राष्ट्रपति रनिङ शिल्ड कराँते छनौट प्रतियोगिता बट्टार कभर्डहल नुवाकोटमा सोमबार सम्पन्न भएको छ ।

Advertisement

प्रतियोगितामा महिला ५० किलो तौल समुहमा बेलकोटगढीकि अन्जु तामाङले स्वर्णपदक हात परेकी छिन् । यसै तौल समुहमा द्धितिय हुनेमा मेघाङ गाउँपालिकाकी शान्ति तामाङ , तृतीयमा रचना तामाङ र निमोसा खट्का रहेको छ । यसैगरी महिला ४५ किलो तौल समुहमा मेघाङ गाउपालिका कि अनिता तामाङले स्वर्णपदक प्राप्त गरेकी छिन् भने द्धितिय हुनेमा बेलकोटगढीका सर्मिला तामाङ तथा तृतीय हुनेमा पुष्पका लामा र मेघाङकी अनिता तामाङ रहेकी छिन् ।

महिला ४० किलो तौल समुहमा प्रथम विदुर नगरका प्रास्ना पण्डित , द्धितिय बेलकोटगढीका सावित्री राई र तृतीय बेलकोटगढीकै सुस्मिता राई र आकृति राई रहेका छन् । पुरुष ४२ किलो तौल समुहमा लिखु गाउपालिकाको अर्जुन तामाङ प्रथम , द्धितिय बेलकोटगढीका सञ्जित गमर , तृतीयमा मेन्साङ तामाङ र अनिष राई रहेका छन भने पुरुष ४७ किलो तौल समुहमा प्रथम विदुर नगरका विकेश थापा , द्धितिय मा मेघाङ गाउँपालिकाका सेल्कर तामाङ र तृतीयमा बेलकोटगढीका रुपेश राई , मेघाङ गाउपालिकाका राजेन्द्र तामाङ रहेका छन् । पुरुष ५२ किलो तौल समुहमा प्रथम लिखु गाउँ पालिकाका मीन बहादुर तामाङ , द्धितियमा बेलकोटगढीका सन्दिप श्रेष्ठ तथा तृतीय मेघाङ गाउपालिकाका रोशन परियार र किरण तामाङ रहेछ छन् ।

Advertisement

 प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरुले प्रदेश नम्बर तीन स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नुवाकोटको नेतृत्व गरेर सहभागी हुन पाउने छन् । विजेता हुने सबै खेलाडीहरुलाई नुवाकोट जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राईले प्रतियोगिता समापन समारोहमा बधाई ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया