राष्ट्रपति रनिङ शिल्ड कराँते छनौट प्रतियोगिता सम्पन्न
नुवाकोटमा ११औँ राष्ट्रपति रनिङ शिल्ड कराँते छनौट प्रतियोगिता बट्टार कभर्डहल नुवाकोटमा सोमबार सम्पन्न भएको छ ।
प्रतियोगितामा महिला ५० किलो तौल समुहमा बेलकोटगढीकि अन्जु तामाङले स्वर्णपदक हात परेकी छिन् । यसै तौल समुहमा द्धितिय हुनेमा मेघाङ गाउँपालिकाकी शान्ति तामाङ , तृतीयमा रचना तामाङ र निमोसा खट्का रहेको छ । यसैगरी महिला ४५ किलो तौल समुहमा मेघाङ गाउपालिका कि अनिता तामाङले स्वर्णपदक प्राप्त गरेकी छिन् भने द्धितिय हुनेमा बेलकोटगढीका सर्मिला तामाङ तथा तृतीय हुनेमा पुष्पका लामा र मेघाङकी अनिता तामाङ रहेकी छिन् ।
महिला ४० किलो तौल समुहमा प्रथम विदुर नगरका प्रास्ना पण्डित , द्धितिय बेलकोटगढीका सावित्री राई र तृतीय बेलकोटगढीकै सुस्मिता राई र आकृति राई रहेका छन् । पुरुष ४२ किलो तौल समुहमा लिखु गाउपालिकाको अर्जुन तामाङ प्रथम , द्धितिय बेलकोटगढीका सञ्जित गमर , तृतीयमा मेन्साङ तामाङ र अनिष राई रहेका छन भने पुरुष ४७ किलो तौल समुहमा प्रथम विदुर नगरका विकेश थापा , द्धितिय मा मेघाङ गाउँपालिकाका सेल्कर तामाङ र तृतीयमा बेलकोटगढीका रुपेश राई , मेघाङ गाउपालिकाका राजेन्द्र तामाङ रहेका छन् । पुरुष ५२ किलो तौल समुहमा प्रथम लिखु गाउँ पालिकाका मीन बहादुर तामाङ , द्धितियमा बेलकोटगढीका सन्दिप श्रेष्ठ तथा तृतीय मेघाङ गाउपालिकाका रोशन परियार र किरण तामाङ रहेछ छन् ।
प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरुले प्रदेश नम्बर तीन स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नुवाकोटको नेतृत्व गरेर सहभागी हुन पाउने छन् । विजेता हुने सबै खेलाडीहरुलाई नुवाकोट जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राईले प्रतियोगिता समापन समारोहमा बधाई ज्ञापन गर्नुभएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया