रसुवाको ग्राङको विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विदुर खबर २०७६ असार २१ गते १३:३८

रसुवा असार २१, स्वास्थ्य र शिक्षित समाज निर्माण अभियानमा रहेकीे नर्स प्रतिमाले शैक्षिक सामाग्री वितरण गरेकी छन । प्रतिमाले शनिवार कालिका गाउँपालिका वडा नं. १ ग्राङको विद्यालयमा सामाग्री वितरण गरेकी हुन् ।

Advertisement

आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई केही हद सम्म सहयोग पुग्ने देखे पछि उनले दैनिक आवश्यक पर्ने स्टेशनरीमा कपि, कलम, इलेजर, नेलकटर, डिटोल साबुन, ब्रस, टुथ ब्रस, वितरण गरिएको छ । एक देखि पाँच सम्म पढाई हुने ग्राङ प्राथमिक विद्यालयमा १६३ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री साथै हाईजनिक सम्बन्धी हात धुने तरिका बारे सिकाईएको प्रधानाध्यापक राजन तामाङले बताए । आफुलाई सामाजिक अभियान्ताका रुपमा चिनाउन चाहने उनी पश्चिमान्चल विश्व विद्यालयबाट वि.एसि नर्सिङ गरेकी छिन ।

विएसी नर्सिङ पढेपछि विदेश जानुपर्छ ठुलो अस्पतालहरुमा जागिर खानु पर्छ भन्ने सोचलाई पर राखि यस्तै सामाजिक काममा लागी परको ले एउटा उदारहणिय काम भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

Advertisement

प्रतिक्रिया