संसदमा नेता माधव नेपालले राष्ट्रभक्तिको गीत गाउँदा …

विदुर खबर २०७४ फागुन २२ गते १६:१७
k|ltlglw;efsf] a}7s g]skf -Pdfn]_sf g]tf dfwjs'df/ g]kfn k|ltlglw;efsf] d+unaf/sf] a}7snfO{ ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । ‘मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ डा भोला रिजालले लेख्नुभएको यस गीतमा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले स्वर दिएका छन् ।

Advertisement

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधनको सुरुमै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा संकटकै स्थिति रहेको आफूलाई आभास भएर राष्ट्रभावबाट ओतप्रोत यही गीतको दुई हरफ प्रस्तुत गरेको सुनाए ।

मुलुकलाई सधैँ अन्योलमा राखिएको र राजनीतिक खिचातानी मात्रै गरिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको भन्दै नेता नेपालले भावपूर्ण शैलीमा भने, ‘अझै पनि देश डुब्न दिने हो भने हामी सबै डुब्छौं। कोही पनि बच्दैनौं ।’

Advertisement

नेता नेपालले भ्रष्टाचारको जालो तलदेखि माथिसम्म फैलिएकाले विकास निर्माणको काम समेत प्रभावित हुने गरेको तथा जनताले लामो समयसम्म कष्ट भोग्नु परेको गुनासो पोखे ।

राजनीतिक स्थिरताको अभावमा मुलुकले आर्थिक समृद्धिको दिशा लिन नसकेको, रोजगारीको खोजीमा लाखौं युवा विदेशी भूमिमा भौतारिइरहनु परेको, एकाध वर्षमा सकिने विकास निर्माणको काममा वर्षौं लाग्ने गरेको, कोही कसैले पनि जिम्मेवारी नलिने प्रवृत्ति हावी भएको भन्दै वर्तमान सरकारले यी सबै अव्यवस्था हटाउनैपर्ने बताए ।

Advertisement

नेता नेपालले अझै अगाडि बढेर अर्को गीत पनि प्रतिनिधिसभा बैठकमा सुनाए । गायक शिशिर योगीको स्वर, डा विश्वनाथ बरालको रचना रहेको ‘म एउटा मानिस खोजिरहेको छु’ भन्ने गीत सुनाउँदा प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद एकाग्र मात्रै बनेन् देशमा मौलाएको अराजकता र दण्डहीनताको अन्त्यका विषयमा सोचमग्न बनेका थिए ।

नेता नेपालले विकास निर्माणको काममा संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले अनावश्यक हस्तक्षेप गर्ने गरेको विगतको तितो अनुभव समेत सुनाए ।

भ्रष्टाचारको जालो तोडेर, कानुनी एवम् प्रशासनिक संरचनामा परिवर्तन तथा विकास निर्माणमा काम भएको छ कि छैन भन्ने हेर्न अनुगमन संयन्त्र बनाउन वर्तमान सरकार क्रियाशील हुनैपर्ने नेता नेपालको सुझाव थियो ।

राष्ट्र निर्माणका लागि सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने भएपनि विगतमा त्यस्तो नभएको, चासो व्यक्त गर्ने निकायले भन्दा अरुले बढ्ता चासो राख्ने गरेको र विकास निर्माणमा समेत अनावश्यक चलखेल भएको भन्दै उनले अब त्यस्तो छुट कोही कसैलाई पनि नहुने बताए ।

नेता नेपालले पटक पटक भ्रष्टाचारको प्रसंग जोड्दै मुलुक अगाडि बढ्न नसक्नुको मुख्य कारण भनेकै जिम्मेवारी लिएका व्यक्ति, नीति नियमको अवरोध तथा प्रशासनिक दक्षताको अभाव भएको बताए । रासस

प्रतिक्रिया