श्रीलंकाद्धारा वेष्टइण्डिज सामु ३ सय ३९ रनको लक्ष्य प्रस्तुत

विदुर खबर २०७६ असार १६ गते १४:०६

नुवाकोट असार १६, इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई जितका ३ सय ३९ रनको फराकिलो लक्ष्य दिएको छ ।

Advertisement

इंग्ल्याण्डको चेस्टरमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनायो । श्रीलंकाका लागि अभिश्का फर्नान्डोले १०४ रनको शतकीय इनिङ्स खेले । यस्तै कुशल परेराले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा लाहिरु थिरिमानेले अविजित ४५ रन बनाए ।

वेष्ट इण्डिजका जासन होल्डरले २ विकेट लिए । आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । तर,दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । अंक तालिकामा श्रीलंका सातौ र वेस्ट ईन्डिज नवौ स्थानमा छन् । श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेको छ । उसले दुई खेलमा जित निकाल्दा तीन खेलमा पराजय भोग्य पर्यो । उसका दुई खेल बर्षाका कारण रद्व भएको थियो । यता वेस्ट ईन्डिजले ७ खेलमा मात्र एक खेल जित्यो । उसले ५ खेलमा हार ब्यहोर्यो । एक खेल बर्षाका कारण रद्व भएको थियो ।

Advertisement

प्रतिक्रिया