अफगानिस्तानद्धारा पाकिस्तान सामु २ सय २८ रनको लक्ष्य

विदुर खबर २०७६ असार १४ गते १३:२२

एजेन्सी  आईसीसी एकदिवसीय क्रिकेट अन्तर्गत अफगानिस्तानले पाकिस्तानलाई जितका लागि २ सय २८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

Advertisement

इंग्ल्याण्डको लिड्समा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२/४२ रन बनाए । यस्तै रहमत शाहले ३५, इक्राम अलिखिल २४, अविजित समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६, कप्तान गुलबदिन नाइब १५ रनको योगदान गरे ।

पाकिस्तानका सहिन शाह अफ्रिदीले ४ विकेट हात पारे । यस्तै वाहब रियाज र इमाद वासिमले समान २/२ विकेट लिए ।आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । सेमिफाइनलमा स्थान बनाउन कोशिश गरिरहेको पाकिस्तान छिमेकी प्रतिद्वन्दीलाई हराएर शीर्ष चारको सम्भावना कायम राख्न चाहन्छ । पाकिस्तान ७ खेलबाट ७ अंक सहित छैटौं स्थानमा छ । अफगानिस्तान भने पहिलो जितको खोजीमा हुनेछ । अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

Advertisement

प्रतिक्रिया