चर्काे भाडा असुलेको भन्दै रसुवामा प्रजिअलाई ज्ञापनपत्र
रसुवा असार १४, पासाङ ल्हामु मार्गको रसुवाखण्डमा सञ्चालित सार्वजनिक यातायातले मनपरी भाडा असुली गरेको विरोधमा विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् ।
जिल्लामा तीनओटा कम्पनीद्वारा सञ्चालित र तीनैओटा कम्पनीका सवारीसाधनले आ–आफ्नो तरिकाले भाडा असुलेको उनीहरूले बताएका छन् । मनपरी भाडा असुली बन्दको माग गर्दै संगठनले बिहीबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् । राज्यको नीति तथा मापदण्डविपरीत लिने गरिएको भाडा असुली बन्द हुनुपर्ने, धेरै प्रदूषण गर्ने थोत्रा र असुरक्षित सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने उनीहरूको माग छ ।
साथै सरकारले व्यवस्था गरेको परिचयपत्रबापत छुट दिनुपर्ने, सम्पूर्ण सवारीसाधन कम्पनीमा दर्ता हुनुपर्ने र सुपर, डिलक्स तथा एसीको नाममा अतिरिक्त सेवा असुली गर्ने कार्य बन्द गर्नुपर्ने माग छ । समयमै माग सम्बोधन नगरिए थप आन्दोलनको कार्यक्रम घोषणा गरिने अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष अर्जुन पौडेलले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया