विश्वकप क्रिकेटमा पाकिस्तानको प्रभावशाली सुरुवात
नुवाकोट असार ११, विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध न्युजिल्यान्डले टस जितेर ब्याटिङ सुरु गरेको छ। इंग्ल्यान्डको वेल्समा जारी विश्वकप क्रिकेटमा वर्षाका निर्धारित समय भन्दा ढिला सुरु भएको खेलमा पाकिस्तानले प्रभावशाली सुरुवात गरेको छ।
दोस्रो ओभरको पहिलो बलमै न्युजिल्यान्डका ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिलको विकेट लिएको छ। मोहम्मद अमिरले उनलाई बोल्ड गरेका हुन्। यसैगरी सातौं ओभरको दोस्रो बलमा शाहिन अफ्रिदीले कुलिन मुनरोलाई आउट गरेका छन्। जारी वर्ल्डकपमा अविजित न्युजिल्यान्डसँग पाकिस्तान जित दर्ज गरेर सेमिफाइनल पुग्ने सम्भावना बढाउन चाहन्छ। न्युजिल्यान्ड भने पाकिस्तानलाई हराएर सेमिफाइनल पक्का गर्ने मैदानमा उत्रिएको छ।
पाकिस्तान ६ खेलबाट दुई खेलमा जित, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ। पाँच अंकका साथमा लिगको सातौं स्थानमा रहेको पाकिस्तानले सेमिफाइनलको सम्भावना कायमै राख्नका लागि आजको खेलमा जित निकाल्नुपर्ने हुन्छ। ६ खेलबाट पाँच खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्युजिल्यान्ड ११ अंकका साथमा अंक तालिकाको दोस्रो स्थानमा छ।
सुरुवाती खेलमै वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तान भारतसँग ८९ रनले पराजित भएको थियो। संयोगले यतिबेला पाकिस्तान सन् १९९२ कै विश्वकपको अवस्थामा छ । सन् १९९२ को विश्वकप र २०१९ को विश्वकपमा पाकिस्तानको प्रदर्शनदेखि अनेक संयोग समान हुँदै गएका छन्। १९९२ विश्वकप पनि पहिलो हार, दोस्रो खेल जित, तेस्रो पानीका कारण रद्द, चौथो र पाचौं हार र छैटौं खेल जित सहित अघि बढेको थियो। सातौं खेल जितेर सेमिफाइनलतर्फ लम्किएको पाकिस्तानको भाग्य परीक्षा मैदानमा भइरहेको छ। न्युजिल्यान्डसँग पाकिस्तानले हालसम्म १०६ वनडे खेल खेलेको छ। यिनमा ५४ खेलमा विजयी भएको छ। वर्ल्ड कपमा अहिलेसम्म ८ खेल खेलेका छन्। तीमध्य ६ पाकिस्तानका पक्षमा गएका छन् भने एक न्युजिल्यान्डले जितेको छ। एक खेलमा भने अंक बाँडेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया