भौगोलिक रूपमा पिछाडिएको रसुवाको तिरू गाउँमा सडक सञ्जाल

नुवाकोट असार १, रसुवाको भौगोलिक रूपमा पिछाडिएको तिरू गाउँमा सडक सञ्जाल जोडिएको छ । प्रदेशसभा १ करोड र सांसद विकास कोषको ७० लाख लागतमा साढे सात किलोमिटर सडकको निर्माण भएको हो ।
उतरगया गाउँपालिका–१ मा पर्ने तिरू सडकको निर्माणबाट गोगनेका ३ सय घरधुरि लाभान्वित भएको छ । निर्वाचनको समयमा आफुले बोलेको कुरालाई सार्थक बनाई जिल्लाको सवै ठाउँ सडक सञ्जालमा जोडिने काम भएको छ, सांसद मोहन आर्चायले भने । समृद्ध रसुवा निर्माण गर्न आफ्नो उच्च प्राथमिकतामा रहेकाले बाटो त पुग्यो अब भने एकीकृत बस्ती निर्माण कार्य हुने सांसद आचार्यले बताए ।
यस्तै तिरूका ५८ रोपनी जमिनमा एकीकृत बस्तीको अवधारण अघि सारेको छ । उनले भने, यसले भुकम्पमा विस्थापित घरपरिवारलाई पुर्नस्थापित गर्नेछ । खानेपानी, शिक्षा, स्वास्थ्यको पुर्वाधारको लागि पनि जोड दिएको बताउदै सडक सन्जालले यहाँका स्थानीय उत्पादनले बजार पाउने सांसद आचार्यले बताए ।
प्रतिक्रिया