केरुङ जान एकाधिकार लागू नगरिएको रसुवा प्रशासनको भनाई

विदुर खबर २०७६ जेठ २७ गते ३:०४

रसुवा जेठ २७, रसुवागढी नाकाबाट चिनियाँ भू-भागमा जाने ट्रक तथा कन्टेनरलाई लामबद्ध तवरले आ-आफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ।

Advertisement

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद निरन्तर भइरहेका कारण गढी क्षेत्रमा जुन सवारी पहिला पुग्छ त्यसैले लामबद्ध तवरबाट जान पाउने व्यवस्था गरिएको बताए।

सीमित व्यापारी भनिने वर्गले घुमाउरो भाषामा एकाधिकार लागू गरेको सस्तो लोक प्रचारबाजीको भ्रममा नपर्न अनुरोध गर्दै स्थानीय प्रशासनले रसुवागढी नाकाबाट ७ सय मालवाहक ट्रक कन्टेनर ओहोरदोहोर भइरहेको जनाएको छ।

Advertisement

नेपाल सरकारले एकाधिकार हटाउन निर्णय गरेपश्चात् सरकारको निर्णय कार्यान्वयन गर्ने कार्य भइरहेको अवस्थामा सीमित व्यक्तिको हवला दिँदै केही सञ्चारमाध्यमले रसुवागढी क्षेत्रमा एकाधिकार लगायो भन्ने शब्दको प्रचारबाजी गर्नु घोर आपत्तिजनक भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। स्थानीय प्रशासनले आइतबार जिल्ला प्रशासन कार्यालय रसुवामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

रसुवागढी नाकालाई व्यवस्थित र मर्यादित बनाउन प्रयास जारी रहेको र अबका दिनमा सामान ढुवानीका लागि आउने ट्रक तथा कन्टेनर जुन दिन रसुवागढी पुग्छन् पालोअनुसार मितेरी पुल पार गर्नसक्ने भएकाले सबै ट्रक तथा कन्टेनरका चालकलाई प्रचारबाजी भ्रममा नपरी निर्धक्क साथ लाइनमा बस्न आग्रह गरिएको प्रजिअ भण्डारीले बताए।

Advertisement

साँघुरो सडकको डिलमा सवारी साधन राख्दा पर्नसक्ने जोखिम न्यूनीकरण गर्न गोसाइँकुण्ड गाउँपालिकाको संयोजनमा टिमुरे क्षेत्रको इलाकामा करीब १ सय ट्रक तथा कन्टेनर अट्ने क्षमताको मैदान बनाउनेसमेत निर्णय भएको बताइएको छ।

प्रतिक्रिया