कांग्रेस नुवाकोटले सबै वडामा जनजागरण अभियान सक्कायो

नुवाकोट जेठ २३, नेपाली कांग्रेस नुवाकोटले जिल्लाको ८८ वट्टै वडामा जनजागरण अभियान सम्पन्न गरेको ।
सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत नुवाकोटको ८८ बटा वडाहरुमा वडा स्तरिय जागरण अभियान २२ गते सम्पन्न भएको हो । ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरी देशभर चल्ने छ ।
नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले नुवाकोटको ८८ वडामा नै जागरण अभियान सम्पन्न भएको बताए । अभियान बारे बताउदै नेता केसीले गुट जता भएपनि रुट एकै हुनुपर्ने धारणा राखे । उनले अघि भने- सरकारले समयमै शुसासनको प्रत्याभूती, मंहगी नियन्त्रण, करको बोझबाट आमनागरिकलाई मुक्त बनाउनु, शान्तिसुरक्षाको सुव्यवस्था, सहज दैनिक जनजीवनको व्यवस्थापन गर्नुपर्छ तर त्यो गर्न सकेको छैन ।
अपराध, कालोबजारी,भष्ट्राचार बढिरहेको छ तर सरकार कारवाही गर्नुपर्नेमा मस्त निन्द्रामा छ । पहिलो चरणको अभियान यो एक महिनासम्म चलेको थियो । पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन भएको थियो । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने योजना कांग्रेसको छ ।
प्रतिक्रिया