रसुवाको विकट क्षेत्रमा टेलिकमको सेवा

विदुर खबर २०७६ जेठ २२ गते २:००

नुवाकोट जेठ २२,नेपाल टेलिकमले रसुवाको विकट क्षेत्रमा मोबाइल सेवा विस्तार गरेको छ । पाङसाङ डाँडामा बीटीएस टावर राखेर सेवा विस्तार गरिएको हो ।

Advertisement

समुन्द्री सतहदेखि ४ हजार २ सय ९० मिटरको उचाईमा टावर राखेपछि जिल्लाका दर्जनबढी स्थानमा मोबाइल सेवा पुगेको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले बताइन । उनका अनुसार लाङटाङ, गोसाइकुन्ड, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिमलगायत स्थानमा सेवा पुगेको छ । सेवा विस्तार हुँदा ५ सय घरधुरीका २ हजार जना लाभान्वित भएका छन् । जिल्लाकै लाङटाङ पदमार्गमा अर्को बीटीएस टावर स्थापना गरेर सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।

सेवा विस्तार हुँदा लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जना लाभान्वित भएका छन् । ताप्लेजुङको विकट घुन्सामा पनि यसै साताबाट सेवा विस्तार भएको छ । ३ हजार ८ सय २५ मिटर उचाईमा टावर राखेर घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्पमा सेवा पुर्याइएको टेलिकमले जनाएको छ । डोल्पाको मुकोट र शे फोक्सुन्डोमा टेलिकमको सेवा पुगेको छ । मुकोटमा टावर निर्माण गरेर टेलिकमले तान्छिन र खानीगाउँमा सेवा पुर्याएको छ । से फोक्सोन्डुमा निर्माण भएको टावरले र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो ताल क्षेत्रका स्थानीयमा सेवा पुगेको छ ।

Advertisement

प्रतिक्रिया