सान्जेनको जलविद्युतको ७३ प्रतिशत निर्माण सम्पन्न

विदुर खबर २०७६ जेठ २ गते ०:४१

नुवाकोट जेठ २, रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमेमा निर्माणधिन सान्जेन जलविद्युत आयोजनाको ७३ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

Advertisement

४२.५ मेगावाट क्षमताको साञ्जेनको सुरूङ, पावरहाउस र हेडक्र्स निर्माणको काम ८२ प्रतिशत सकिएको छ भने आयोजनाको हेडवक्र्सको तर्फको काम ८० प्रतिशत, पेनस्टक निर्माणको काम ७५ प्रतिशत र पावर हाउस निर्माण काम ७० प्रतिशत सकिएको आयोजनाले जानकारी दिएको छ । आयोजना सिभिलमा एसईङब्लुटुन्डि जेभि, ईलेक्ट्रो मेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ ईलेक्ट्रिक ईन्टरनेसनल कर्पाेरिसन, हाईड्रो मेकानिकलमा नेपाल हाईड्रो एन्ड ईलेक्ट्रिक लिमिटेड र प्रसारण लाईन निर्माणमा मुडवरि एण्ड जाशि कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको छ ।

२०५९ देखि निर्माण कार्य शुरू भएको आयोजनाबाट उत्पादन भएको बिजुली, नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हवमा गएर जोडिने बताइएको छ । ५ अर्व २ करोड ४२ लाख रूपैयाँको लागतमा निर्माणमा विविध कारणले ढिलाई भएको थियो । आयोजनाले २०७७ असोजभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Advertisement

प्रतिक्रिया