नुवाकोटमा शुक्रबारबाट फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता हुने

विदुर खबर २०७६ वैशाख २६ गते ०:३४

नुवाकोट वैशाख २६,प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता आगामी शुक्रबारबाट आयोजना हुने भएको छ ।

Advertisement

नुवाकोट बुद्विचाल (चेस) संघको आयोजनामा आगामी शुक्रबारदेखि विदुरमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका निर्देशक श्याम केसीले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहाने इच्छुक खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरिएको छ । उनका अनुसार सहभागी हुन चाहने खेलाडीले नाम दर्ताको लागि नुवाकोट (स्थानीय ), महिला र १६ वर्ष भन्दा कम उमेरका खेलाडीलाई पाँचसय र बाँकीको लागि एकहजार रुपैयाँ शुल्क तोकिएको छ । नाम दर्ता शुक्रबार बिहानसम्म गर्न सकिने ब्यबस्था मिलाइएको छ ।

प्रतियोगितामा पहिलो हुने खेलाडीले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ७ हजार, चौथोले ५ हजार, पाचौँ हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी छैटौं देखि दशौ स्थानसम्म हासिल गर्ने पाँच जना खेलाडीलाई २÷२ हजार रुपैयाँ पुरस्कार तोकिएको छ भने नुवाकोटबाट सहभागी उत्कृष्ट एकजना खेलाडीले चार हजार रुपैयाँ पाउने छन । उत्कृष्ट महिलातर्फ एक जना, १६ वर्ष भन्दा कम उमेर तर्फबाट उत्कृष्ट एकजना, उत्कृष्ट भेन्ट्रास ( ५५ वर्ष माथी) एक जना, खुला तर्फ एकजनाले १५ सय पुरस्कार रुपैयाँ पाउने आयोजक नुवाकोट बुद्विचाल संघका अध्यक्ष अमजाद आलमले जानकारी बताए । प्रतियोगितामा मुलुकभरका खेलाडी समावेश गराउने लक्ष्य नुवाकोट बुद्विचाल संघले लिएको छ ।

Advertisement

प्रतिक्रिया