रसुवामा मेलमिलाप मार्फत २ सय ३० मुद्धा फर्छौट
विदुर खबर
२०७६ वैशाख १७ गते २:१०

नुवाकोट वैशाख १७, रसुवामा संवाद सहजिकरण तथा मेलमिलापको माध्यमबाट स्थानीय स्तरको २३० विवाद समाधान गरिएको छ ।
सोमबार मत भिन्नता जोडि एक रुपता ल्याउन जिल्लाभरबाट २ सय ३० विवाद समाधान गरिएको हो ।प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसनको सहयोगमा दुई सय जना मेलमिलापकर्ता उत्पादन गरी ५ ओटै गाउँपालिकाको उपाध्यक्षहरुलाई न्यायिक समितिको संयोजक बनाईएको हो ।
रसुवा लगायत १९ वटा जिल्लामा केन्द्रको शाखा सञ्चालित छन् । पाँच गाउँपालिकाको २७ वडामध्ये २५ मा केन्द्र स्थापना गरी अदालत नगई समुदायबाटै विवादहरु समाधान गर्ने उद्देश्यले अगाडि बढेको जिल्ला संयोजक सोनाम तामाङले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया